Aamsanchar

कनकाई माई खोलामा पुरुषको शव फेला

Author Image
आइतवार, असोज १९, २०८२

झापा – झापाको कनकाई माई खोलामा पुरुषको शव फेला परेको छ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका(४ कोटीहोमस्थित कनकाई माई खोलाको बीच भागको डिलमा अन्दाजी ६०/६५ वर्षको पहाडी मूलको जस्तो देखिने तत्काल नाम थर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको हो।

 

उनको शव घोप्टो परेको अवस्थामा फेला थियो। उनको सनाखत हुन बाँकी छ। थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको जनाइएको छ।

Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर