Aamsanchar

सगरमाथा पदमार्ग पहिरोका कारण क्षतिग्रस्त

Author Image
आइतवार, असोज १९, २०८२

काठमाडौं – सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ।

नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान)ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

टानले पदयात्रीहरूलाई मुख्य पदमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । मूल बाटोभन्दा २००/३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटोबाट हिंड्न सकिने टानले जनाएको छ ।

संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड र पदयात्रीहरूलाई सुरक्षा प्राथमिकता दिँदै आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर