

विराटनगर-अविरल वर्षासँगै आएको बाढीका कारण झापा जिल्लामा मात्रै ५ हजार ४ सय बढी परिवार विस्थापित भएका छन् । एक जनाको शव फेला परेकोछ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार ५ हजार ४८१ घरपरिवार विस्थापित भएका हुन्। यो प्रारम्भिक विवरण हो। विस्थापितको संख्या २५ हजार २३१ रहेको उनले जानकारी दिए।

शिवसताक्षी नगरपालिका ४, ५, ६ र ७, गौरीगञ्ज गाउँपालिका– १, २, अर्जुनधारा नगरपालिका ७, गौरादह नगरपालिका– ५,, भद्रपुर नगरपालिका–५, झापा गाउँपालिका– १ २, ३, ६ र ७ का सयौं परिवार विस्थापित भएका छन्।


झापा गाउँपालिका– १,२,३,६, ७ बाट पनि सयौँ परिवार विस्थापित भएका छन्।
विस्थापितहरू आफन्त र विद्यालय र सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित मध्य अधिकांश माइ नदी किनारमा बसोबास गर्नेहरू छन्।
कनकाइ नगरपालिका-४ कोटीहोम नजिकै कनकाई माई खोलाकोबीच भागमा एक जनाको शव फेला परेको छ ।
अन्दाजी ६० वर्षीय जस्तो देखिने व्यक्तिको पहिचान खुलेको छैन। खोलाको बीचभागमा भेटिएको शव नग्न अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

