

इलाम – अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ । इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरीका अनुसार इलाम नगरपालिका–६ घोष गाउँमा प्रकाश तामाङको घरमा गएको पहिरोमा परेर २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रविण तामाङ, २३ वर्षीय बिराज पाख्रिन तामाङ, ३ वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ ।

त्यसैगरी सन्दकपुर गाउँपालिका–१ छाँगेमा छबि धन राईको घरमा पहिरो जाँदा ४३ वर्षीय भिमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया सारदा सेडाई र ४८ वर्षीया तारा देवी राईको ज्यान गएको छ ।


Views: 187

