Aamsanchar

दार्जिलिङमा पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु

Author Image
आइतवार, असोज १९, २०८२

काठमाडौं – भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षासँगै आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण वर्षापछि नदीहरूमा आएको भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ।

 

´गतराति दार्जिलिङ पहाडमा आएको भीषण आँधी-वर्षाका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन्,` सांसद हर्षवर्धन शृङ्गलाले भने।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा गहिरो दुःख व्यक्त गर्दै ‘ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु। दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकार निरन्तर निगरानी गरिरहेको छ’ भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनिन्, ´हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्।`

मुख्यमन्त्री बनर्जीका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, धेरै सडकहरू क्षतिग्रस्त भएका छन् र ठूला क्षेत्रहरू पानीमा डुबानमा परेका छन्।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर