Aamsanchar

दुई मन्त्री भाेली इलाममा आउने

Author Image
आइतवार, असोज १९, २०८२

झापा- विपद्को घटनामा सबैभन्दा बढी प्रभावित भएको इलाममा सोमबार दुई मन्त्री आउने भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ सोमबार प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्नका लागि जान लागेका हुन् ।

सो क्रममा उनीहरुले क्षतिको अनुगमन गर्नुका साथै आवश्यक राहत र पुनर्स्थापनाबारे पहलकदमी लिने घिसिङको सचिवालयले जनाएको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर