Aamsanchar

सुनकोशीमा बालकको शव भेटियाे

Author Image
सोमवार, असोज २०, २०८२

काभ्रेपलाञ्चोक – सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव भेटिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा शव भेटिएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिए ।

उनका अनुसार १०–१२ बर्षको जस्तो देखिने बालकको नग्न शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको जानकारी दिए ।

बालकको नाम बतन नखुलेको तथा बालकलाई कुन स्थानबाट बगाएर ल्याएको भन्नेबारे नखुलेको र उक्त शव प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकले जनाएको छ ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर