Aamsanchar

दार्जिलिङमा बाढीपहिरोमा परेर १८ नेपालीभाषीको मृत्यु

Author Image
सोमवार, असोज २०, २०८२

काठमाडौं – निरन्तर वर्षापछि आएको भीषण पहिरोले दार्जिलिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दार्जिलिङ प्रशासनले भने इलामतर्फको मानेभञ्ज्याङमा मृत्यु भएका पाँच जना समेतलाई आफ्नो तथ्यांकमा राखेर मृत्यु हुनेको संख्या २३ बताएको छ ।

भारतीय जनता पार्टीको तर्फबाट दार्जिलिङबाट लोक सभामा निर्वाचित लोक सभा सदस्य राजु विष्टले समेत आज बिहान मिडियासँग बोल्दै बाढी पहिरोका कारण १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको बताएका छन् । मृत्यु भएका सबै नेपालीभाषी हुन् ।

मृत्यु हुनेमा दार्जिलिङ सदर प्रहरी चौकी अन्तर्गत सूम क्षेत्रकी ३५ वर्षीया रिझा राईको मृत्यु भएको छ । जोरबुङ्लो प्रहरी चौकी क्षेत्रबाट चार जनाको मृत्यु पुष्टि भएको छ । तीमध्ये तामसाङका २१ वर्षीय वाङछुक तामाङ, सालु डिभिजन मारायबोङकी ३५ वर्षीया लैला राई, पुस्सिम्बिङ टी गार्डेनकी ६५ वर्षीया सीमा शिवा, र रिङ्टोंग टी गार्डेन फूलबारीकी ६५ वर्षीया पुरुस्ता सुब्बा रहेका छन् । सुकियापोखरी प्रहरी चौकी क्षेत्रमा सियोक टी गार्डेनका ६७ वर्षीय मानबहादुर प्रधान र ६५ वर्षीया विमला प्रधानको मृत्यु भएको छ ।मिरिक प्रहरी चौकी क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । मिरिकको विभिन्न स्थानमा गरी ११ जनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये वडा नम्बर ९ का ९ वर्षीय आहान क्षेत्री, १२ वर्षीया रुही भूटिया, जसबिर गाउँका ५० वर्षीय पुछुङ डुक्पा र ४६ वर्षीया सुम्नित लेप्चा रहेका छन् ।

 

 

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर