

काठमाडौँ – मकवानपुरको बागमतीमा विद्युतीय गाडी (ईभी) र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते भएका छन् ।

सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ आउँदै गरेको ईभी र मोटरसाइकल मंगलबार बिहान बागमती गाउँपालिका-४ झुरझुरेमा ठोक्किका हुन्। यस क्रममा मोटरसाइकल चालक र ईभीमा सवार १३ जना घाइते भएका प्रहरीले जनाएको छ।

मधेश प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ आउँदै गर्दा ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग झुरझुरेमा ठोक्किएको हो। घाइतेहरूलाई बागमतीस्थित सान्बी मेडिकलमा प्राथमिक उपचार गरी हेटौँडा अस्पताल पठाएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। घाइतेहरूको परिचय खुलेको छैन ।
Views: 135

