Aamsanchar

बसमा बेहोस भएका २५ वर्षीय युवकको मृत्यु, अनुसन्धान सुरु

Author Image
मङ्गलवार, असोज २१, २०८२

नुवाकोट – काठमाडौंबाट बसमा नुवाकोट आउने क्रममा बेहोस भएका एक जना युवकको मृत्यु भएको छ । काठमाडौंबाट नुवाकोट किस्पाङतर्फ जाने क्रममा रहेको प्रदेश ३–०१००५ख९४६५ नम्बरको बसमा अचेत भएका बिदुर नगरपालिका-९ लामाटारका २५ वर्षीय अमृत विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बसको सिटमा विश्वकर्मालाई विदुर नपा १ ढुंगे आइपुगेपछि अचेत अवस्थामा फेला पारी उपचारको लागी त्रिशूली अस्पताल नुवाकोटमा लगिएकोमा अस्पतालका चिकित्सकले सोमबार बेलुकी मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । यद्यपि, प्रत्यक्षदर्शीहरु भने युवक विकको गाडीमै मृत्यु भएको बताउँछन् ।

 

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मृतक युवक विश्वकर्माले अत्याधिक मात्रामा लागूऔषध सेवन गरेको अस्पतालको कागजातबाट देखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनलाई काठमाडौंबाट घर जानका लागि उनका साथीहरूले बस चढाइदिएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको डीएसपी लामाको भनाई छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर