Aamsanchar

झापाको दमक स्थित भ्यू-टावरमा साढे २५ करोडको क्षति

Author Image
मङ्गलवार, असोज २१, २०८२

झापा  – जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक ३ स्थित भ्यू-टावरमा साढे २५ करोडको क्षति भएको सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले जानकारी दिए। एक अर्ब ६४ करोड खर्चेर बनाएको भ्यू-टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ।

२३ मंसिर २०८१ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भ्यू-टावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो। व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो।

१८ तले भ्यू-टावरको सबै सिसा फुटाएको , भ्यू-टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो। जान सक्ने अवस्था पनि नभएको भ्यू-टावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्र चाहिँ आगो लाग्न पाएन।

सर्वसाधारणको लागि श्रावण देखि खुल्ला गरिएको भ्यू-टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको, पहिलो एक महिनामा ६ हजार ७सय १३ जनाले भ्यू-टावर चढेर दृश्यावलोकन गरेका थिय भने २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको थियो , सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यू-टावरको दृश्यावलोकन गरेका थिए।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर