Aamsanchar

रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना

Author Image
मङ्गलवार, असोज २१, २०८२

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा तीन नाबालकसहित २० जना घाइते भएका छन्।

रामेछापबाट चरिकोट हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर मंगलबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर पाएपछि प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सातजनाको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो। उद्धारपछि सबै घाइतेलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको छ।

हालसम्म बसमा सवार यात्रुको संख्या यकिन भएको छैन। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक माधवराज खरेलले सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर