Aamsanchar

अनकन्टार भिरमा फ्याकिएको अवस्थामा सालनालसहित नवजात शिशुको शव फेला

Author Image
मङ्गलवार, असोज २१, २०८२

फिदिम-पाँचथरको तुम्बेवा गाउँपालिकामा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । वडा –२ को मेवामा गएराति शव भेटिएको हो । मेवाको भिरमा भर्खरै जन्मिएजस्तो देखिने बालकको शव भेटिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले बताउनुभयो ।

उहाँका अनुसार अनकन्टार भिरमा फ्याकिएको उक्त शिशु कसैले अनाधिकृत रूपमा जन्माएर फ्याकेको हुनसक्ने आशङ्का गरिएको छ । शव भेटिएपछि घट्नास्थल पुग्नुभएका अध्यक्षसहितको टोलीले प्रहरी झिकाएर मुचुल्का उठाएको थियो । घट्नाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर