

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार २३ सय रुपैयाँले बढेको सुन आज २६ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार बुधबार २६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४०० पुगेको थियो।

सुनको मूल्य बढेपनि चाँदी भने सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदी २ हजार ९६० मा खरिदबिक्री भएको थियो।


Views: 50

