Aamsanchar

इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग

Author Image
बुधवार, असोज २२, २०८२

सुनसरी – अविरल वर्षापछि आएको भीषण बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरिएको छ।

इलाममा प्राकृतिक विपत्तिमा परी हालसम्म ३९ जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन्।

 

जिल्लाको स्थिति भयावह भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृहमन्त्रालयसँग माग गर्दै सिफारिस गरेको छ।

इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बाढी–पहिरोले जिल्लाको जनजीवन अस्तव्यस्त बनेकाले पीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापना तत्काल आवश्यक ठानेर संकटग्रस्त जिल्ला घोषणा गर्न माग गर्दै गृहमन्त्रालयमा सिफारिस गरिएको बताए।

बाढी–पहिरोबाट इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, माङसेबुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिका प्रभावित भएका छन्।

यी पालिकामा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी लक्ष्मी भण्डारी बताए। उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय स्वयंसेवकहरू उद्धार तथा राहत कार्यमा खटिएको बताए।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर