

सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–९, जिरोमाइलनजिकै बिहीबार (असोज २३)बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना७ख २६५ नम्बरको यात्रुवाहक बसबाट खसेर लहान नगरपालिका–१ का २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रमेश पालका अनुसार, बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई तत्कालै उपचारका निम्ति लहानस्थित प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । तर, मध्याह्न १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी पालले जानकारी दिए ।

Views: 98

