

सिमरा- बाराको सिम्रौनगढमा माटोको ढिस्कोले पुरिएर आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् ।

सिम्रौनगढ नगरपालिका ६ पानीटंकीमा माटो खन्ने क्रममा स्थानीयलाई ढिस्को खसेर पुरेको हो । ढिस्कोबाट आठ जनालाई निकालेर अस्पताल लगिएको र अन्यको जेसीबीको सहयतामा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।


घटनाको थप विवरण आउँन बाँकी छ ।
Views: 69

