Aamsanchar

अनैतिक कार्य भएको गुनासो पछि चार होटेल तथा रेष्टुरेन्टमा प्रहरीकाे छापा, ४५ जना नियन्त्रणमा

Author Image
शनिवार, असोज २५, २०८२

नेपालगञ्ज – नेपालगञ्जका चार होटेल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।

ती होटेल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटेल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए ।

प्रहरीले होटेलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत छन् ।

Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर