

इलाम । असोज १८ गतेको भीषण वर्षातपछि आएको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा ढिलाइ भएको भन्दै स्थानीय युवाहरूले अनौठो शैलीमा विरोध जनाएका छन्। उनीहरूले मेयर सूर्यप्रसाद पाखरेललाई नै राहत सामग्री हस्तान्तरण गर्दै प्रतीकात्मक रूपमा असन्तुष्टि प्रकट गरेका हुन्।

भीषण वर्षातपछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन अस्तव्यस्त बनेको छ। घर–जग्गा बगाएका, बाटोघाटो भत्काएका र बासविहीन बनेका पीडितहरू गाँस, बास र कपासको अभावमा कष्टकर जीवन बिताइरहेका छन्।

युवाहरूका अनुसार नगरपालिकाले समयमै राहत नपुगेको कारण स्थानीयवासीहरू अझै पनि असहज अवस्थामा छन्। उनीहरूले राहत वितरणमा पारदर्शिता र शीघ्रता सुनिश्चित गर्न नगरप्रमुखलाई आग्रह गरेका छन्।


Views: 69

