

झापा । झापा जिल्लाको कमल गाउँपालिका–७ रंगपुरमा केराको पात काट्ने क्रममा गोली फेला परेको छ।

मिति २०८२ असोज २४ गते साँझ करिब ७ बजे स्थानीय ५५ वर्षीय गंगाप्रसाद पाण्डेले आफ्नै बारीमा केराको पात काट्ने क्रममा सेतो बोरा देखेपछि खोल्दा भित्र गोली रहेको पाएका थिए।

घटनापछि उनले भोलिपल्ट (असोज २५ गते) बिहान करिब साढे ६ बजे इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए। सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई उनले उक्त SLR प्रकारका ७.६२ मि.मि. का ५५ राउन्ड गोली बुझाएका छन्।


प्रहरीले गोली कसले, किन र कहिले त्यहाँ फालेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
Views: 143

