Aamsanchar

सुनको मूल्य ३ हजार रुपैयाँले बढ्याे

Author Image
आइतवार, असोज २६, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज ३ हजार रुपैयाँले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार पुगेको हो।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँले घटेको थियो। सो दिन प्रतितोला सुन २ लाख ३५ हजारमा कारोबार भएको थियो।

 

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि आकासिएको छ। आज चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो शुक्रबार प्रतितोला चाँदी ३ हजार ८५ रुपैयाँमा खरिदिबिक्री भएको थियो।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर