

काठमाडौं – हमासले आफूसँग २० बन्धक जीवित रहेको पुष्टि गरेको छ । आइतबार हमासले जीवित रहेका २० बन्धकलाई हस्तान्तरण गर्न तयार रहेको बताएको वाल स्ट्रिट जर्नलले जनाएको छ । तर, बन्धकहरूको नाम सार्वजनिक गरिएको छैन ।

हमासले अरब मध्यस्थकर्ताहरूमार्फत जीवित २० बन्धकलाई रिहा गर्न तयार रहेको सन्देश इजरायललाई पठाइएको रिपोर्टमा उल्लेख छ ।

हमासले आइतबार मध्यरातअघि जीवित बन्धकलाई रिहा गर्ने विश्वास गरिएको छ ।


इजरायलले पहिलेदेखि नै २० जना बन्धक जीवित रहेको र अन्य दुई जनाको अवस्था अज्ञात रहेको बताउँदै आएको थियो । अन्य, २६ जनाको मृत्यु भइसकेको इजरायलको विश्वास छ । तर, हमासले यसबारे कुनै जानकारी दिएको थिएन ।
अन्तर्राष्ट्रिय रेड क्रस कमिटीका प्रतिनिधिलाई बन्धक हस्तान्तरणको तयारीका लागि हमासले जीवित बन्धकलाई भेला गर्न थालेको छ बताइएको छ ।
Views: 371

