Aamsanchar

जेनजी आन्दोलनमा क्षतिग्रस्त बिर्तामोड–२ वडा कार्यालयलाई भेट्रान्स क्लबको सहयोग

Author Image
सोमवार, असोज २७, २०८२

चारपाने। गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीको चपेटामा परेर सेवा अवरुद्ध बनेको बिर्तामोड–२ वडा कार्यालयलाई पुनः सेवा सञ्चालनका लागि स्थानीयहरूले सहयोग जुटाउन थालेका छन्।

अतिरिक्त श्रोत नभएको बेला कुर्सी, टेबल, दराज जस्ता सामान जलेर नष्ट भएपछि वडाले सहयोगको अपिल गरेको थियो। सो क्रममा चारपाने युनाइटेड भेट्रान्स क्लबले ३० थान प्लास्टिकका कुर्सी सहयोग गरेको हो। क्लबका उपाध्यक्ष टंक श्रेष्ठका अनुसार सहयोग सामग्री आजै वडाध्यक्ष किशोरकुमार पौडेल र वडा कर्मचारीहरूलाई हस्तान्तरण गरिएको छ।

वडाध्यक्ष पौडेलले कार्यालय पुनः सञ्चालनमा सहयोग पु¥याउनको लागि खेलाडीहरूले खेलेको भूमिका प्रति आभार व्यक्त गर्दै “जनताको सेवामा समर्पित बन्ने हौसला थपिएको” बताए।

क्लबका अध्यक्ष माधव खरेलले भेट्रान्स क्लब सामाजिक जिम्मेवारीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै “समाजका हरेक कठिन घडीमा स्थानीय युवा तथा खेलाडीहरु एकजुट भएर सहयोगका हात अघि बढाउँदै आएका छन्,” उनले भने।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर