Aamsanchar

पुलडाँडामा टिपर दुर्घटना

Author Image
सोमवार, असोज २७, २०८२

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।

आज बिहान साढे ११ बजे लेगुवाबाट खाँदबारीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते भएका हुन्।

दुर्घटनामा परेर टिपर चालक सिन्धुली नगरपालिका–१२ का ३० वर्षीय चुक्तबहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमयुम गाउँपालिका–९ का २८ वर्षीय रविन फुयाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुार लामिछानेले बताए।

घाइतेमध्ये सहचालक ट्याम्केमयुम–९ का २८ वर्षीय फुयाल गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछाने बताए। उनको टाउको र शरीरका विभिन्न भागका चोट लागेको छ।

त्यसैगरी चालक राउतको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुबैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Views: 93

प्रतिक्रिया (०)