Aamsanchar

गृहमन्त्री अर्यालको चेतावनी : “यो क्रान्तिपछि बनेको क्रान्तिकारी सरकार हो, बकबक नगर्नुहोस्”

Author Image
मङ्गलवार, असोज २८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले जनक्रान्तिपछि बनेको “क्रान्तिकारी सरकार” भएकाले कसैलाई पनि बिनाआधार सरकारविरुद्ध बोल्न नहुने चेतावनी दिएका छन् ।

माइतीघर मण्डलामा अनशनरत युवा मदन बुढाको अनशन तोड्ने कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा कठोर कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “यो क्रान्तिपछि बनेको सरकार हो, कोही कन्फ्युजनमा नपरोस् । अहिले बकबक गरिरहेका मानिसहरू पनि कन्फ्युजनमा होलान् । यो सरकारले शान्ति सुरक्षा कायम गर्छ, भ्रष्टाचारीमाथि कारबाही गर्छ र चुनाव पनि गराउँछ।”

अर्यालले भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्न खोज्नेहरूलाई प्रत्यक्ष सन्देश दिँदै भने, “भ्रष्टाचारीमाथि कारबाही गर्दा चुनाव बिथोलिन्छ भन्ने तर्क स्वीकार्य छैन ।”

यद्यपि उनले कुनै दल वा नेताको नाम उल्लेख गरेनन्, उनका वक्तव्यले केही राजनीतिक नेताहरूको आलोचनालाई लक्षित गरेको बुझिन्छ । मन्त्री अर्यालले अन्त्यमा भने, “यो सरकारले जनताको साथमा भ्रष्टाचार उन्मूलन गर्नेछ र स्थायी शान्तिको मार्गमा अघि बढ्नेछ।”

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर