Aamsanchar

विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आए अध्यक्ष पद छाड्न तयार : राजेन्द्र लिङदेन

Author Image
बुधवार, असोज २९, २०८२

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आए अध्यक्ष पद छाड्न तयार रहेको स्पष्ट पारेका छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले विशेष महाधिवेशनका लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी दिए।

राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उनको भनाइ छ। आफ्नो योग्यता, कार्यक्षमतामाथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उनले बताए।

लिङ्देनले भने, ‘हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधिको संख्या ४६ सयको हाराहारीमा छ। २५ प्रतिशतले विशेष महाधिवेशनको माग गर्नुपर्छ। महाधिवेशन प्रतिनिधिको मेरो योग्यता र कार्यक्षमतामाथि प्रश्न उठाएर साथीहरूको हस्ताक्षर आयो भने महाधिवेशन पनि बोलाइदिन्छु, अध्यक्षको पद पनि कसलाई जिम्मा लगाउनुपर्ने हो लगाइदिन्छु।’

उनले केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताए। राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्।

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर