Aamsanchar

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा बाढीपीडितलाई एकका लागि एक अभियान मार्फत ३ लाख ५० हजार सहयोग

Author Image
बुधवार, असोज २९, २०८२

बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका बाढीपीडितहरूलाई राहत स्वरूप ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
‘एकका लागि एक अभियान’ मार्फत बाढीपीडित १ सय परिवारलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले उक्त रकम मंगलबार हस्तान्तरण गरिएको हो । समाजका अध्यक्ष महेन्द्र चौलागाईले अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई नगद चेक हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, महासचिव चिरन खवास, सदस्य भिष्म ओली, साथै अभियानतर्फबाट नविनकुमार गट्टानी, एकराज गिरी, रोनक बंशल, मिजास पोखरेल र बिनोद पाण्डेको उपस्थिति रहेको थियो ।

सोही अवसरमा समाजसेवी लोकनाथ चौलागाईले पनि रु ६० हजार रुपैयाँ अभियानलाई सहयोगस्वरूप हस्तान्तरण गरेका थिए ।

संयोजक गिरीका अनुसार ‘एकका लागि एक अभियान’ मार्फत हालसम्म झापाका करिब २ हजार परिवारले राहत प्राप्त गरिसकेका छन् । अभियानले विपत् व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको छ । अहिले अभियानको कोषमा १ करोड रुपैयाँभन्दा बढी रकम रहेको र त्यसलाई विस्तार गरी ५ करोड पु¥याउने योजना बनाइएको पनि उनले बताए ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर