Aamsanchar

राष्ट्रिय सहकारी बैंकको साधारण सभा मङ्सिर ६ देखि, इलामका बाढीपीडितलाई पाँच लाख बराबरको राहत सामग्री वितरण गर्ने निर्णय

Author Image
बुधवार, असोज २९, २०८२

झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने भएको छ । सोमबार सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँका अनुसार सभा भर्चुअल र भौतिक दुवै माध्यमबाट सञ्चालन गरिने छ । सातै प्रदेशमा मङ्सिर ६ गते एकाइ सभा र मङ्सिर १३ गते काठमाडौंमा प्रतिनिधि सभा आयोजना गरिने छ ।

सभामा वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण, बजेट तथा आगामी कार्यक्रमका विषयमा छलफल हुनेछ ।

त्यसैगरी, बैठकले अविरल वर्षाका कारण इलाममा आएको बाढी र पहिरोबाट प्रभावित परिवारहरूलाई पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार, सहकारी भावना अनुरूप सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले बैंकले यो अभियान अघि बढाएको बताए ।

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर