Aamsanchar

विपिनको रिहाइका लागि अमेरिका पुगेका आमा र बहिनी आज स्वदेश फर्किए

Author Image
बिहिवार, असोज ३०, २०८२

काठमाडौं – प्यालेष्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका पुगेका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन्। उनीहरू बिहीबार बिहान ८:५० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्।

 

विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू निराश हुँदै फर्किएका हुन्। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भीडियो केही समयअघि सार्वजनिक भएको थियो।

 

हमासले आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धक र विपिनसहित केही मृतक बन्धकहरूको शव इजरायललाई बुझाएको छ। विपिनको शव नेपाल आउन केही समय लाग्ने जनाइएको छ।

 

विपिन आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र नेपालबाट इजरायल पुगेका थिए। सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ुलर्न एन्ड अर्नु कार्यक्रमअन्तर्गत इजरेल पुगेका थिए।

उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपिन घाइते भएर अपहरणमा परेका थिए।

अपहरणमा परेको केही समयमै उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर