Aamsanchar

४ पटककी ओलम्पिक स्वर्ण पदक विजेता टिटमुसले २५ वर्षको उमेरमै गरिन् सन्यास घाेषणा

Author Image
बिहिवार, असोज ३०, २०८२

काठमाण्डौ – अस्ट्रेलियाकी ४ पटककी ओलम्पिक स्वर्ण पदक विजेता एरियार्न टिटमुसले २५ वर्षको उमेरमै पौडीबाट सन्न्यासको घोषणा गरेकी छिन् ।

आफ्नो सन्न्यासको घोषणा गर्दै टिटमुसले पौडी खेल्न छोड्ने समय भएको बताएकी हुन् । यो गाह्रो निर्णय भएको तर आफू यसबाट धेरै खुशी रहेको उनले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा भनेकी छिन् ।

टिटमुसले २ सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान राखेकी छिन् र उनले आठ ओलम्पिक पदकसहित ३२ अन्तर्राष्ट्रिय पदक जितेकी छिन् । एरियार्न टिटमुसले पेरिस ओलम्पिकमा ४ सय मिटर फ्रिस्टाइलमा आफ्नो तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेर चर्चामा आएकी थिइन् । त्यो प्रतिस्पर्धालाई ‘शताब्दीको दौड’ भनिन्छ ।

सन् १९६४ मा डन फ्रेजरपछि एउटै प्रतियोगितामा लगातार स्वर्ण पदक जित्ने टिटमस पहिलो अस्ट्रेलियाली हुन् ।

 

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर