

काठमाडौं – अमेरिकी ‘यौन अपराधी’ जेफ्री एपस्टिनसँग नाम जोडिएपछि बेलायतका राजकुमार एन्ड्रयूले शुक्रबार आफ्नो राजकीय उपाधि ‘ड्यूक अफ योर्क’ र अन्य सम्मानहरू त्याग्ने घोषणा गरेका छन् ।

उनले यो निर्णय राजपरिवारसँग परामर्श गरेर लिएका हुन् । यो कदम उठाउनुपछाडि यौन अपराधी एपस्टिनसँगको उनको पुरानो सम्बन्ध पुनः चर्चामा आउनु रहेको समाचारमा उल्लेख छ ।

बकिंघम दरबारबाट जारी गरिएको विज्ञप्तिमा राजकुमार एन्ड्रयूले भने, “मेरोविरुद्ध लागेका आरोपहरूले राजा र राजपरिवारको जिम्मेवारी र कार्यहरूबाट ध्यान विकेन्द्रित भइरहेको छ । त्यसैले म र राजा चार्ल्स मिलेर मैले एक कदमअगाडि बढ्नुपर्छ भन्ने निर्णय गरेका छौँ,” उनले थपे, “अब म आफ्नो उपाधि र प्राप्त सम्मानहरूको प्रयोग गर्नेछैन ।” बीबीसी


Views: 30

