

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपैयाँले बढेर एक तोला सुनको २ लाख ५३ हजार ५०० कायम भएको छ।


आइतबार ४ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५३ हजार २०० मा झरेको थियो। सुनको मूल्य वृद्धिसँगै चाँदीको भाउ पनि सामान्य बढेको छ।


महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँ कायम भएको छ। आइतबार सोही परिमाणको चाँदी ३ हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
Views: 156

