Aamsanchar

स्यासीमा जिप दुर्घटना

Author Image
मङ्गलवार, कार्तिक ४, २०८२

काभ्रेपलाञ्चोक – दोलखाको भीमेश्‍वर नगरपालिका-९ स्यासीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार घाइते मध्ये १ जना गम्भीर छन् ।

दुर्घटनामा स्यासीकी ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया गंगाकुमारी श्रेष्ठ घाइते भएका छन् ।

घाइतेमध्ये गोमा भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग २ च ३४०० नम्बरको जिप अचानक ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खाई दुर्घटनामा परेको थियो । जिपमा ७ जना सवार थिए ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर