Aamsanchar

प्रचण्डको जोड : तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ

Author Image
बुधवार, कार्तिक ६, २०८२

जनकपुर — पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले निर्वाचनलाई गम्भीरतापूर्वक लिएर आवश्यक वातावरण तयार गर्नुपर्ने बताए।

प्रचण्डले सरकारले हिजो संसदीय दलहरूसँग गरेको वार्ताले निर्वाचनप्रति बिस्तारै गम्भीरता बढ्दै गएको संकेत दिएको बताए पनि अझै पूर्ण वातावरण तयार नभएको टिप्पणी गरे।

उनका अनुसार अन्तरिम सरकारले निर्वाचन घोषणा गरेपछि त्यसमा केन्द्रित हुने निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै हो। उनले जेएनजी आन्दोलनपछि सार्वजनिक अपिल गर्ने र काठमाडौं बाहिर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि माओवादी केन्द्र नै पहिलो भएको दाबी गरे।

वामपन्थी एकता र ध्रुवीकरणबारे प्रश्नमा प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरू एकता प्रक्रियातर्फ अघि बढिरहेको जानकारी दिए। उनले छठ पर्वपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने विश्वास व्यक्त गरे।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर