Aamsanchar

दाङमा भाईटीकाको दिन तास खेल्ने १२ जना पक्राउ

Author Image
शुक्रवार, कार्तिक ७, २०८२

दाङ – दाङको सौडियारमा भाईटीकाको दिन तास खेल्ने १२ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जुवाको खालबाट एक लाख ३२ हजार रुपैयाँ र १४ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जुवाको खालबाट नगद र ताससहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर