

झापा – छठपर्व अन्तर्गतको खरना विधि आज साँझ घरघरमा मनाइँदैछ । ब्रतालुले आज निराहर उपवास बसि साँझको समयमा आफ्ना कूल देवतालाई घरमा पकाएको सख्खर र चामलको खीर अर्पण गरी यो विधि मनाइँदैछ ।


निष्ठापूर्वक पूजा सम्पन्न भएपछि ब्रतालु लगायतले सो प्रसाद सबैले सेवन गर्ने गर्दछन् । आज साँझ सोही खीर खाएका ब्रतालुले मुख्यपूजाका लागि ३६ घण्टे निराहार उपवासमा बस्नेछ । उनीहरूले पारण अर्थात् अन्तिम पूजा गरेपछि मात्र खानेकुरा खाइनेछ ।


आज खरना विधिपछि भोलि साँझ मनाइने मुख्यपूजाका लागि भक्तजनहरु अहिले अन्तिम तयारीमा जुटेका छन् । पूजास्थल अर्थात् जलाशयको छेउमा घाट बनाएर त्यहाँ आर्कषक रुपमा सजाउनका लागि अहिले हरेक स्थानमा व्यस्त रहेको पाइएको छ ।
Views: 50

