Aamsanchar

उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन मन्त्री महावीर पुनको आग्रह

Author Image
सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैले पनि उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। आज(सोमबार)सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।

मन्त्री पुनले युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको बताएका छन्।

उनले भनेका छन्, ‘कृपया कसैले पनि र कहिबाट पनि हालको म मन्त्रीलाई उद्घाटन र शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला, म युनेस्को महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइन र जाँदैन।’

मन्त्री पुनले विदेश घुम्यो भनेर हल्ला नगर्न पनि आग्रह गरे। ‘जानै पर्ने र नगइ नहुने मिटीङहरूमा मात्र केही मन्त्रीज्यूहरु विदेश जानु भएको हो, विदेश घुम्यो भनेर हल्ला नगर्नु होला’, उनले भनेका छन्।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर