Aamsanchar

जंगली हात्तीले पाथिभरा सिंहकाली मन्दिरको झ्याल तथा कम्पाउन्ड भत्तकायो

Author Image
सोमवार, कार्तिक ११, २०८२

झापा-  हल्दीबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा सिंहकाली मन्दिरमा जंगली हात्तीले क्षति गरेको छ ।  दुईवटा जंगली हात्ती हिजो मध्यरातमा पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसरभित्र प्रवेश गरी क्षति गरेका हुन् । हात्तीले उक्त मन्दिरको स्टोर भवनको बायाँपट्टिको झ्याल तथा कम्पाउन्ड दिवाल भत्काई अन्दाजी २० हजार बराबरको भौतिक क्षति गरेको प्रहरीले जनाएको छ ।

मन्दिरमा भएको क्षतिका बारेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेलले प्रहरी चौकी जलथलमा जानकारी गराएका छन् ।

 

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर