

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ।

स्टाडियो डी ला कार्टुजामा भएको एट्लेटिकोले घरेलु टोलीविरुद्ध २–० गोलको सहज जित निकालेको हो। उसका लागि जिआलिआनो सिमोन र अलेक्स बेनाले एक–एक गोल गरे। खेलको तेस्रो मिनेटमै समोनको गोलबाट अग्रता लिएको एट्लेटिकोका लागि पहिलो हाफको इन्जुरी समयमा बेनाले दोस्रो गोल थपे।

पहिलो हाफमै जित निश्चित भएको खेलको दोस्रो हाफमा कुनै टोलीबाट पनि गोल हुन सकेन। जितसँगै १० खेलमा १९ अंक जोडेमो एट्लेटिको चौथो स्थानमा उक्लिएको छ। पराजित रियल बेटिस समान खेलबाट १६ अकंका साथ छैटौं स्थानमा छ। एट्लेटिको सिजनको पहिलो खेलमा स्पान्योलसँग २–१ गोलले पराजित भएको थियो। त्यसयताका ९ खेलमा टोलीले पाँच जित र चार बराबरीको नतिजा निकालेको छ।


Views: 39

