Aamsanchar

आज पनि घट्यो सुनको भाउ

Author Image
मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर दुई हजार ९२० रुपैयाँ कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर