

परासी – नवलपरासीको सदरमुकाम परासीमा भारतीय नम्बर प्लेटको ट्रक (लहरी)ले ठक्कर दिँदा एक बालिकाको सोमबार साँझ मृत्यु भएको छ ।

सुनौली हुँदै काठमाण्डौं जान हिँडेको भारतीय नम्बर प्लेटको ट्रकले भैरहवा–परासी सडकको बाइपासमा ठक्कर दिँदा उनको मृत्यु भएको हो । रुपन्देही शुद्धोधन गाउँपालिका–३ रमवापुर घरबाट छठ पर्व मनाउन माइती घर (रामग्राम नगरपालिका– ३ घोडपाली) आएकी उषा चौधरीकी चार वर्षीया छोरी अनुष्का चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने ट्रक र भारत उत्तर प्रदेश महाराजगञ्ज, ग्राम चैनपुर पोष्ट दरहता बस्ने २९ वर्षीय ट्रक चालक अमरजित बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Views: 77

