

लन्डन। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको छैठौं अधिवेशन घोषणा सभा र सांस्कृतिक कार्यक्रम लन्डनको ट्रामसेड हलमा भव्य रूपमा सम्पन्न भएको छ।

सभापतित्व अध्यक्ष सञ्जयभक्त कँडेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बेलायतका नेपाली कार्यबाहक राजदूत बिपिन दुवाड़ी उपस्थित थिए। कार्यक्रममा बुद्धिजीवी, कलाकार, निर्देशक, पत्रकार र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिमा सञ्जयभक्त कँडेल अध्यक्षमा दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भए। उपाध्यक्ष दिपक थापा, सबिना श्रेष्ठ, महासचिव लालमणी भट्टराई, सचिव दिपबहादुर गिरी लगायत अन्य पदाधिकारीहरू चयन भएका छन्।


कार्यक्रममा साहित्य, खेलकुद, गायन, अभिनय, नृत्य र सामाजिक सेवामा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। अध्यक्ष कँडेलले “ईनासले नेपाली कला, भाषा र संस्कृतिको प्रवद्र्धनमा निरन्तर योगदान दिइरहेको छ। आगामी दिनहरूमा संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता रहनेछ” भन्दै धन्यवाद ज्ञापन गरे।
साँस्कृतिक प्रस्तुतिको संयोजन उपाध्यक्ष सबिना श्रेष्ठले गरेकी थिइन्। संस्थापक मनिष श्रेष्ठलाई पनि उत्कृष्ट योगदानको लागि सम्मान गरिएको थियो।

