Aamsanchar

छठपछि आन्दोलन स्थगित, दुर्गा प्रसाईँ वार्तामा जान सहमत

Author Image
मङ्गलवार, कार्तिक १२, २०८२

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले छठ पछि गर्ने भनेको आन्दोलनलाई स्थगित गरेको छ ।
अभियानका संयोजक दुर्गा प्रसाईँले छठपछि आयोजना गर्ने भनिएको आन्दोलन तत्काल स्थगित गरेका छन्। उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी कमाण्डरसँगको छलफलपछि उनी वार्ताका माध्यमबाट आफ्ना माग अघि बढाउने सहमतिमा पुगेका हुन्।

प्रसाईँले कर्मचारीको तलब बढाएर १ लाख बनाउनुपर्ने, लघुवित्त र २० लाख मुनिका सहकारी ऋणीको ऋण मिनाह गर्नुपर्ने माग राख्दै आएका थिए। तर प्रशासन र प्रहरीको आग्रहपछि उनले गृहमन्त्री र प्रधानमन्त्रीसँग संवाद गर्ने निर्णय गरेका छन्।

अभियानका प्रवक्ता माधव कल्पितको भनाइ अनुसार, समस्या वार्ताबाट समाधान नभएमा मंसिर दोस्रो साताबाट आन्दोलन हुने छ।

Views: 327

प्रतिक्रिया (०)

सम्बन्धित खबर