

झापा – झापाको दमकमा यात्रुवाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका–७ मा हुर्रा नाच देखाएर मोरङको मिक्लाजुङतर्फ फर्किँदै गरेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।


बसमा करिब ३५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृत्यु हुनेमा मोरङ मिक्लाजुङ–३ बस्ने ३६ वर्षीय भीमबहादुर मगर रहेका छन्।
बस चालक मिक्लाजुङ ३ बस्ने ३९ वर्षीय भक्तबहादुर दर्जीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
Views: 217

