

इटहरी । त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा तथा केन्द्रको केन्द्रीय समितिको अभिभावकत्वमा “नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम” शीर्षकअन्तर्गत चतुर्मास जीवनदर्शन सत्सङ्ग कार्यक्रम हुने भएको छ।

केन्द्रका अनुसार सो कार्यक्रममा स्थानीय समुदाय र कोशी प्रदेश सरकारको समेत सहभागिता रहनेछ। कार्यक्रम इटहरी–२, सुनसरीस्थित केन्द्रको प्रदेश कार्यालय र माया घर नेपालको छेउमा निर्माण गरिएको कलात्मक भक्तपुर शैलीको इँटाको आसन तथा नेपालमै बनेका १०८ शिवलिङ्गको स्थापना एवम् प्राण प्रतिष्ठा समारोह सँगै सम्पन्न हुनेछ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित असार शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुँदै आएको चतुर्मास धान्याञ्जलि महायज्ञ र पाठ पारायणको समापनका अवसरमा कार्तिक १४ गतेदेखि २१ गतेसम्म विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू हुने जनाइएको छ।


कार्यक्रम विवरणः
कार्तिक १४ गते (शुक्रबार) कलश यात्रा तथा उद्घाटन समारोह
कार्तिक १५ गते (शनिबार) श्रीमद्भागवत जीवनदर्शन कथा सत्सङ्ग प्रारम्भ
कार्तिक १७–१९ गते १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा कार्यक्रम
कार्तिक २० गते (बिहीबार, साँझ ४ बजे) सवा एघार लाख दीप प्रज्वलन र महाआरती
कार्तिक २१ गते (शुक्रबार) पूर्णाहूति, तिलार्चन तथा प्रसाद वितरण
त्यसपछि कार्तिक १५ गतेदेखि दैनिक
बिहान ६ः००–९ः०० पूजापाठ तथा पारायण
बिहान ९ः००–दिउँसो ४ः०० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुरुहरूद्वारा विशेष प्रवचन, जीवनदर्शन ज्ञान, स्रष्टा सम्मान तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई अवार्ड वितरण
साँझ ७ः००–९ः०० सन्ध्याकालीन आरती र जीवनदर्शन प्रवचन
कार्यक्रमको संयोजन बाबुराम सुवेदीले र सचिव प्रतिक्षा प्राप्ती अधिकारीले सम्हालिरहेका छन्।
त्यस्तै, १०८ शिवलिङ्ग स्थापना तथा प्राण प्रतिष्ठा समितिको अध्यक्ष सुभद्रा प्याकुरेल, र सुनसरी जिल्ला अध्यक्ष सुशिला सिटौला रहेका छन्।

