Aamsanchar

नेपाली महिला टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्दै, भोकै सिलोङबाट सिक्किम पुग्यो नेपाली टोली

Author Image
बुधवार, कार्तिक १३, २०८२

काठमाडौं – नेपाली महिला फुटबल टिमले आज भारतको सिक्किममा एक मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र भारतले पालजोर रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे खेल्नेछ। नेपाल, भारत र इरान सम्मिलित त्रिदेशीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतलाई हराएको नेपालले जितका लागि खेल्नेछ। खेलमा नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रिती राई अनुपस्थित हुनेछन्।

खेल अनौपचारिक खेलको रूपमा रहने छ। ‘खेल जस्तो भएपनि हामी जितकै लागि खेल्नेछौं। इरानसँगको पहिलो खेलमा हामी ट्राभलका कारण थकित थियौँ त्यो आजको खेलमा पनि देखिनेछ,’ नेपालका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले खेल अघि बताए। आजको खेलमा सबै खेलाडीलाई मौका दिने भन्दै उनले जितका लागि नेपाली महिला फुटबल टिमले खेल्ने बताए। ‘यो च्यारिटीको लागि खेलिने खेल भएकाले आज हामी सबै खेलाडीलाई मौका दिएर खेल्नेछौं। त्यहि अनुसारले परिवर्तनहरू पनि गर्नेछौँ।

अघिल्लो भारतसँगको मैत्रीपूर्ण खेलमा यू–२० की फर्वाड मीना देउवाले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्। आजको खेलमा अर्की यू–२० फर्वाड पूर्णिमा राईले खेल्ने अवसर पाएर उनको सिनियर टिममा डेब्यु हुनेछ। एन्फाका टेक्निकल डाइरेक्टर सन्जीव मिश्रका अनुसार फिफामा दर्ता भएको खेल भएकाले आजको खेल पनि अन्तर्राष्ट्रिय खेलकै रूपमा गनिने अन्नपूर्ण पोष्टसँग बताए।उनले भने, ‘आजको खेलमा डेब्यू गरेमा त्यसलाई अन्तर्राष्ट्रिय डेब्युकै रूपमा मानिनेछ।’

आजको खेलको प्रत्यक्ष प्रसारण सिक्किम फुटबल एसोसियसनको फेसबुक पेज र युट्युब च्यानलमा हुनेछ।

भोकै सिलोङबाट सिक्किम पुग्यो नेपाली टोली
नेपाली महिला फुटबल टोलीले सोमबार त्रिदेशीय प्रतियोगिताको अन्तिम खेलमा भारतलाई २–१ ले हरायो। मंगलबार २ बजे उठेर ती खेलाडीले गुहाटीको विमानस्थल ल्याइएको थियो। ९ बजेको उडान भएको खेलाडी भोकै सिक्किम पुगे। खेलपछि पर्याप्त आराम नपाएका खेलाडीले भोकै यात्रा गरेका थिए। खेलाडीले दिउँसो २ बजेमात्रै खाना पाए। एन्फाको चरम व्यवस्थापकीय लापरबाहीले खेलाडीले खेलेको दिनको थकित शरीरमा भोकको पीडा लिएर सिक्किम पुगेका थिए।

यस विषयमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले एन्फा महासचिवलाई गरेको फोनवार्ता हाल चर्चाको विषय बनेको छ। खेलाडीको व्यवस्थापनमा एन्फाले देखाएको लापरबाही स्वीकार्य नभएको भन्दै मन्त्री बब्लुले यसमा बसेर कुरा गर्ने भन्दै एन्फा महासचिव राईलाई फोनमा भनेका थिए। उनले भने, ‘हाम्रो खेलाडी कति बेला कहाँ जान्छ। कति बेला खाने त्यसको तालिका तपाईँहरूलाई आउँदैन। किन खेलाडीले भोकै हिँड्नु पर्‍यो। हाम्रो राष्ट्रिय खेलाडीमाथि लापरबाही हुनु भएन।’

खेलाडीमाथि लापरबाही भएको भन्दै मन्त्री गुप्ताले महासचिवलाई फोनबाटै केरकार गरेका हुन्

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर