Aamsanchar

मन्त्री घिसिङ र भारतीय समकक्षी खट्टरबिच भेटवार्ता, ऊर्जा सहकार्य र विद्युत् व्यापारबारे छलफल

Author Image
बुधवार, कार्तिक १२, २०८२

नयाँ दिल्ली –  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्टरबिच बुधबार भेटवार्ता भएको हो ।

विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल(भारतबिचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति, र दुवै देशबिच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

भेटमा भारतका लागि नेपालका राजदूत शंकर प्रसाद शर्मा, भारतका विद्युत् सचिव पङ्कज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर