Aamsanchar

आन्दोलनको क्रममा हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गर्ने पक्राउ

Author Image
बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं – हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ सर्दी खोला घर भएका २१ वर्षीय पासाङ भनिने सुरज राई छन् । जेनजी आन्दोलन हुँदा उनी प्रहरी वृत्त गौशालाको हिरासतमा थिए । लागुऔषध मुद्दाको कसुरमा उनी पक्राउ परेका थिए ।

 

२४ भदौमा आन्दोलनको क्रममा हिरासतबाट निस्केका उनै राईले प्रहरी वृत्त गौशालामा आगजनी गरेका थिए । हिरासतबाट निस्केर आगजनी गरेको भिडियोमा देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले उनलाई पशुपति क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो । प्रहरी वृत्त गौशालामा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर