

भद्रपुर । प्राविधिक कारणले स्थगित गरिएको मेची–काली साइकल राइड कार्यक्रम अब कार्तिक २३ गते हुने भएको छ। यसअघि कार्तिक ११ गतेका लागि तय गरिएको कार्यक्रम केही प्राविधिक तयारी नपुगेकाले सारिएको हो।

कार्यक्रमका सहभागी र संयोजक मध्येका जीवनकुमार श्रेष्ठ (भद्रपुर–७) ले भने, “यो राइड केवल साइकल यात्रा होइन, यो मेचीदेखि कालीसम्मको एकता, स्वास्थ्य र उत्साहको अभियान हो। मितिमा केही परिमार्जन भए पनि हाम्रो जोश अझ बढेको छ।”

राइडमा मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतोलगायतका राइडर्स सहभागी हुनेछन्। आयोजकले सबै राइडर, साइक्लिङ प्रेमी र शुभेच्छुकहरूलाई सहयोग, समन्वय र सहभागिताका लागि आग्रह गरेको छ।


Views: 129

