

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ बढेको छ।

अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ। अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो।


त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ। अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ।
Views: 254

